नेपाल प्रहरीमा ६० वर्षे उमेर हदसहित केन्द्रमा महानिर्देशक र प्रदेशमा महानिरीक्षक रहने गरी संघीय संरचनाअनुसार प्रहरी संगठनको पुनःसंरचनाको गृहकार्य सुरु भएको छ। केन्द्र र प्रदेशको प्रहरी संरचना, सञ्चालन, सुपरीवेक्षण र समन्वयबारे सरकार र संसदको राज्य व्यवस्थाले गृहकार्य थालेको हो। सरकारले पूर्व प्रहरी महानिर्देशक कुवेरसिंह रानाको संयोजकत्वमा बनाएको कार्यदलले प्रहरीमा ६० वर्षे उमेरको हदसहित प्रहरी पुनःसंरचनाबारे संसदको राज्यव्यवस्था समितिमा प्रतिबेदन बुझाएको छ।








