सरकारले लामो समयको प्रयासपछि काठमाडौं उपत्यकाको फोहरमैलालाई निजी क्षेत्रमार्फत व्यवस्थापन गर्ने अन्तिम तयारी गरेको छ । त्यसका लािग प्याकेज वानअन्तर्गत काठमाडौं महानगरभित्रको फोहर नेप वेस्ट, प्याकेज टु र थ्रीअन्तर्गत क्लिन भ्यालीलाई महानगरसबाहिर, ललितपुर र भक्तपुर जिल्लाका साथै कीर्तिपुर नगरपालिकाको फोहर व्यवस्थापनको जिम्मा दिइएको छ ।

 सरकारले लगानी बोर्डमार्फत विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भइसकेको छ भने वढीमा तीन महिनाभित्रै सम्झौता हुने छ । लगानी बोर्डका सहायक प्रवक्ताा खगेन्द्र रिजालले दुवै कम्पनीसँगको सम्झौताका लागि अन्तिम चरणमा काम भइरहेको जानकारी दिएको छ ।

निजी क्षेत्रलाई दिएपछि जैविक फोहरबाट नेप वेस्टले विजुली, कम्पोस्ट मल र ग्यास उत्पादन गर्नेछ भने क्लिन भ्यालीले कम्पोस्ट मल, इन्धनको बैकल्पिक साधन, बायोग्यास र बायोडिजेल उत्पादन गर्नेछ । अाजकाे  अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia