सुनसरी । नारायण रायमाझीको निदेशनमा वनेको चलचित्र परदेशी धरानको गणेश टाकिजमा यही शुक्रवारदेखि प्रदर्शनमा आउने भएको छ । इन्डियन आइडल प्रशान्त तामाङद्वारा अभिनित सुपरहिट फिल्म ‘गोर्खापल्टन’ पछि सोही टिमले यो चलचित्र पनि निर्माण गरेको हो । कात्तिक ३ गतेवाट देशका विभिन्न ठांउहरुमा प्रदर्शन भईरहेको परदेशी करिव ८० लाख रुपैंयाको लगानिमा निर्माण भएको थियो आजसम्म यस चलचित्रले २ करोडको हाराहारीमा व्यापार गरिसकेको परदेशी चलचित्रका टिमले जानकारी गराएका छन् । हालसम्म नेपालका ६५ वटा हलहरुमा योचलचित्र प्रशर्दन भईसकेको निर्माता राजेश वंशलले वताए ।

pardeshi-nepali-film-600x336

निर्देशक नारायण रायमाझी, निर्माता राजेश वंशल र अभिनेता प्रशान्त तामाङ तीनैजनाको संलग्नता रहेको ’परदेशी’ चलचित्र निर्माण भएको हो । धरानमा वुधवार पत्रकार भेटघाटमा गायक एंव नायक प्रशान्त तामाङ, निर्माता राजेश वंशल लगायतको टिमले सो चलचित्रका वारेमा जानकारी गराए । चलचित्रका निर्माता वंशलले भने–‘नेपाली समाजको वास्तविक कथालाई चलचित्रमा उतार्ने प्रयास गरेका छौं । हरेक नेपाली घरबाट रोजगारका लागि विदेश जानुपर्ने पीडा फिल्ममा पोखिएको छ । रोजगारका लागि खाडीमा गएका कामदारको जीवनबाट प्रभावित छ यो ।’

उनका अनुसार प्रशान्त तामाङबाहेक रजनी केसी, केशव भट्टराई, सुुशील पोखेरल, रामचन्द्र कोइराला, हिउँवाला गौतम, नरेन खड्का र जयेश अग्रवाल र स्वीकृति जिसी लगायतले फिल्ममा अभिनय गरेका छन् । फिल्मको ४५ दिने सुटिङ कतार र नेपालको पाल्पा तथा रामपुरमा चलचित्रको छायांकन भएको छ । निर्माता वंशलले भने–‘तीन वर्ष लगाएर फिल्म तयार गरिएको छ । ’मौलिक कथामा निर्माण भएको नेपाली फिल्मको संख्या न्यून छ । फिल्म बनाउँदा भाषा, संस्कृति र समाजको यथार्थलाई प्रस्तुत गर्नुपर्छ, यही कारणले यो फिल्म हेर्नुपर्ने सूचीमा परेको हो ।’ गायक एंव नायक तामाङले भने–‘विदेशिनुको पीडा र रोजगारको क्रममा पाएको मानसिक र शारिरीक यातनामाथि फिल्म तयार भएकोले दर्शकहरुले मन पराउनेमा म ढुक्क छु ।’

बिबी अनुरागी र नारायण रायमाझीको संगीत रहेको फिल्ममा उषा मगर, प्रशान्त तामाङ र मिलन अमात्य लगायतले स्वर दिएका छन् । मुभिज डटकमको ब्यानरमा तयार फिल्मलाई निर्देशक रायमाझी र रमेश डिजीले लेखेका हुन् ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया