काठमाडौं, असार ११ / एकताका लागि अन्तिम तयारीमा रहेका राप्रपा नेपाल र राप्रपामा गाईसहितको झन्डा राख्ने कि नराख्ने भन्नेमा विवाद देखिएको छ । राप्रपा नेपालका नेताहरुले पार्टीको झन्डामा गाई राख्न प्रस्ताव गरेपछि यस्तो विवाद देखिएको हाे । राप्रपाका नेताहरुले भने नेपालको नयाँ संविधानमा राष्ट्रिय जनावर गाईलाई कुनै पार्टीले झन्डा विधानमा चुनाव चिन्हका रुपमा राख्न नसक्ने व्यवस्था गरेको भन्दै त्यसलाई अस्वीकार गरेको एक नेताले बताए ।

गाईलाई झन्डामा राख्दा बिवाद हुने भनेपछि त्यसलाई थप छलफल गरिने भएको छ। दुई पार्टीबीच चुनाव चिन्ह भने हलो राख्ने सहमति भइसकेको छ। त्यसैगरी पार्टीमा राष्ट्रिय अध्यक्ष र कार्यकारी अध्यक्ष रहने यसअघि नै तय भइसकेको छ।  आजको अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia