काठमाडौ । नेकपा माओवादी केन्द्रले महाधिवशेनपछि संगठन चुस्त, दुरुस्त बनाउने गरी कार्यविधिमा छलफल थालेको छ । आइतबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले कार्यविधिमाथि छलफल गरेको हो ।

पार्टीको संगठनात्मक कार्य्विधि बनाउन १० जेठमा वर्षमान पुनको नेतृत्वमा कार्यदल गठन भएको थियो ।विभिन्न माओवादी घटकहरूसँगको एकतापछि माओवादीको संगठनात्मक संरचना भद्दा भएको भन्दै आलोचना भइरहेका वेला उसले महाधिवेशनपछि संगठनलाई प्रभावकारी बनाउने गरी कार्यविधि तयार पारेको छ ।

माओवादीले आगामी माघसम्ममा महाधिवेशन गर्ने तयारी थालेको छ ।पार्टीको सबैभन्दा तल्लो निकाय सेल कमिटी हुनेछ । सेल कमिटी बढीमा ११ जनासम्मको बनाउने माओवादीको तयारी छ ।

वडामा रहेका सबै नवीकृत संगठित पार्टी सदस्यहरूको सम्मेलनले वडा कमिटी गठन गर्ने कार्य्विधिमा उल्लेख छ । वडा कमिटी २५ सदस्यसम्मको हुनेछ ।गाउँ कमिटी ५१ सदस्यीय बनाउने माओवादी योजना छ । अाजकाे नयाँपत्रिकामा समाचार छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia