काठमाडौं, असार १५ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले हिमालको उचाइ समान तीब्र रुपमा विकास अघि बढाएको आफ्नो देशले हेर्न चाहेको बताएका छन्। दुईपक्षीय भ्रमणमा २०७१ भदौमा नेपाल आउँदा उनले दिएको अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले तयार पारेको ‘नयाँ आयाम नयाँ दिशामा कूटनीतिको दुई वर्ष’ नामक ई–पुस्तकमा राखिएको छ।
‘असोजमा जारी संंविधानले नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रुपमा स्थापित भएको छ। यसैले नेपालको बहुपक्षीय संवैधानिक लोकतन्त्र बलियो हुँदै गएको छ,’ पुस्तकमा उल्लेख छ। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ।








