susta nepal bharat tatbandh badh

नवलपरासी । नवलपरासीको सुस्तामा निर्माण भएरहेको तटबन्धनलाई भारतीय पक्षले अवरोध गरेको छ । अवरोधका कारण आठ करोड रुपैयाँको लागतमा भइरहेको तटबन्धको निर्माणकार्य रोकिएको छ ।

 सुस्ता क्षेत्रमा भइरहेको नारायणी नदीको कटान रोक्न पाँच मिटर तटबन्ध निर्माण गर्ने कार्य भइरहेको थियो । त्यसअन्तर्गत ७५ मिटरमात्र निर्माणकार्य सक्न बाँकी रहँदा भारतीय एसएसबीका सुरक्षाकर्मी आएर अवरोध गरेको सुस्ता बचाउ अभियानका अभियन्ता गोपाल गुरुङले बताए ।

‘पटकपटक निर्माणकार्य रोक्न नेपाली भूभागमा आएर एसएसबीले धन्की दिँदै आएको थियो’, अभियन्ता गुरुङले भने, ‘बुधबार एसएसबीको दस्ता नै आएर काम बन्द गरायो ।’ यसबारे नवलपरासी ६ का सांसद देवकरण जयसवाललाई जनकारी गराएको गुरुङले बताए ।

सुस्तामा तटबन्धलगायत झोलुंगे पुल निर्माणमा पनि भारतीय पक्षले अवरोध गर्दै आएको जयसवालले बताइ । यसबारे आफूले बिहीबार सदनलाई जानकारी गराएको जानकारी पनि उनले दिए । अाजकाे अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia