काठमाडौं । यातायात व्यवस्था विभागका अञ्चल कार्यालयले सवारी चालक अनुमतिपत्र वितरणको काम निमित नहुँदा एकान्तकुनामा सवारी चालक अनुमतिपत्र लिनेको भीड दोब्बर बढिरहेको छ ।

 करिब तीन महिनदेखि सेवाग्राही यातायात व्यवस्था कार्यालयमै रातभर लाइनमा बसेर फारम बुझाएर टोकन लिन बाध्य छन् तर कार्यालयले भने सेवाग्राहीको सही व्यवस्थापन गर्न भने कुनै पहल नगरेको बताइउकाे छ ।

बाग्मती अञ्चलमा मात्र स्मार्ट कार्ड लागू गरिनु र अन्य अञ्चल कार्यालयले नियमित काम गर्ने नसक्नुले एकान्तकुनामा सेवाग्राहीको चाप बढेको हो । झन्डै दैनिक ३ हजार सेवाग्राही आएपछि कार्यालयले सेवा दिन सकिरहेकेा छैन ।

डिजिटल लाइसेन्स लागू भएपछि प्रक्रियामा पनि धेरै समय लाग्ने भएकाले ढिलाई हुने गरेको कर्मचारीको भनाइ छ  । पहिला एक जनाको काम गर्न ३ मिनेट लाग्ने गरेकोमा अहिले १० मिनेट लाग्ने भएकाले समस्या भएको उनीहरुको भनाइ छ ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia