काठमाडौ । प्रहरीले पक्राउ गरेका ३६ जना नक्कली प्रमाणपत्रधारी चिकित्सकमध्ये २१ जना छुटेका छन् ।तीनजनालाई प्रहरीले अख्तियारमा बुझाएको छ भने धरौटी बुझाउन नसक्दा चारजना जेल चलान भएका छन् ।
मुद्दा चलाइएकामध्ये सबैलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । कुनै जिल्लामा प्रहरीको मागदाबीअनुसार नै धरौटी माग भएको छ भने केही जिल्लामा सामान्य मात्र धरौटी माग भएको छ ।काठमाडौंमा पक्राउ परेका चारजना नक्कली प्रमाणपत्र भएका चिकित्सक पनि सामान्य धरौटीमै छुटेका छन् । अरुण गुप्ता र गणेश साह एक–एक लाख तथा बुद्धि श्रेष्ठ र विनिता मण्डल ५०–५० हजार रुपैयाा धरौटीमा छुटेका छन् ।
उनीहरूमध्ये गुप्ताविरुद्ध ८१ लाखको बिगो दाबी गरी मुद्दा दायर गरिएको थियो । उनीविरुद्ध तीन बिरामीले उजुरी दिएका छन् । काठमाडौंमा पक्राउ परेकामध्ये थप दुईजनाविरुद्ध सोमबार मुद्दा दायर भएको छ ।
अन्य ६ जनाविरुद्ध मंगलबार सिआइबीले मुद्दा दायर गर्ने तयारी गरेको छ ।पोखरामा पक्राउ परेका महेश्वर राय यादव र सुनसरीका मनीष अर्याल धरौटी तिर्न नसक्दा जेल चलान भएका छन् । यादवलाई सात लाख र अर्याललाई ३२ लाख २५ हजार धरौटी माग भएको थियो ।
त्यस्तै, जिल्ला अदालत पर्साले वीरगन्जमा पक्राउ परेका आठजना चिकित्सकसाग धरौटी माग गरेको छ । जसमध्ये ६ जना धरौटी तिरेर छुटेका छन् भने दुईजना थुनामै छन् ।
वीरगन्जका पन्नालाल पटेल र मोहम्मद रुहुल्ला धरौटी बुझाउन नसक्दा थुनामै रहेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी राजुबाबु श्रेष्ठले बताए । धरौटी तिर्न नसकेका पटेल र रुहुल्ला जेल जानुपर्ने भएपछि बिरामी भएको नाटक गरेर अस्पतालको आइसियूमा भर्ना भएका छन् ।आजको नयाँपत्रिकामा समाचार छ ।








