काठमाडौं । बाबुरामका दुई आत्मघाती तरबार छन्– पहिलो चरम व्यक्तिवाद र दोस्रो आफूलाई दुःखको बेला सहयोग गर्नेलाई मौकामा धोका दिने बेइमानी प्रवृत्ति ।अहिले नयाँ शक्ति पार्टी बनाएर पार्टी राजनीति पहिलो पटक प्रथम व्यक्ति (फस्ट म्यान) बनेपछि उनका यी दुई आत्मघाती तरबारहरु पुनः चल्न थालेका छन् ।
उनले पार्टी स्थापनादेखि यता वान म्यान शो (एक व्यक्ति प्रदर्शन) गर्दै आएका छन् । उनको प्रस्तुति यस्तो छ कि मानौं नयाँ शक्ति भनेको बाबुराम हो ।बाबुराम नै एक मात्र नयाँ शक्ति हो । उनको यही प्रवृत्तिका कारण नयाँ शक्ति जन्मसँगै विघटनको बाटोमा लम्केको छ । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।








