काठमाण्डाै । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का पदाधिकारी र विभागीय प्रमुखले प्रा. डा. गोविन्द केसीलाई अनसशन नबस्न आग्रह गरेका छन्। अनशन नै बस्ने भए आईओएम परिसरबाहिर बसिदिन उनीहरुको आग्रह छ।
केसीले आइतबारदेखि अनशन बस्ने घोषणा गरेका छन्।  पटक -पटकको अनशनले शिक्षण अस्पतालको स्वास्थ्य सेवामा अवरोध भएको र आइओएमको पठनपाठनमा पनि नकारात्मक असर परेकाले अनशनमा पुनर्विचार गर्न आग्रह गरिएको अस्पतालका निर्देशक डा. दीपक महराले बताए।
‘हामीले सकेसम्म अनशन नै नबस्न आग्रह गरेका छौं। बस्ने नै हो भने पनि यसपटक पठनपाठनमा नकारात्मक असर नपर्ने गरी आइओएम परिसरबाहिर बस्न अनुरोध गरेका छौं,’उनले भने।
डिन कार्यालयमा डा. केसीसहित सोमबार र मंगलबार बसेको पदाधिकारी र विभागीय प्रमुखहरुको बैठकले अनशन नबस्न आग्रह गरेको हो। बैठकले अनशन नबस्न र बस्ने भए परिसरबाहिर जान लिखित आग्रह नै गरेको छ।
बैठकको उपस्थितिपुस्तकमा डा. केसीले पनि हस्ताक्षर गरेका छन्। आइओएमका ग्यास्ट्रोलोजी डिपार्टमेन्ट प्रमुख प्रेमकृष्ण खड्काले केसीका मागभन्दा अस्पतालमा अनशन बस्ने विषयमा बढी छलफल भएको बताए। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia