Satya-Nirupan tatha melmilap aayog
काठमाण्डाै ।  द्वन्द्वकालका मुद्दा अध्ययन गरी दोषीलाई कारबाही गर्न गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगमा फेरि मतभेद देखिएको छ। अाजकाे नागरिक दैनिकमा खबर छ।
यसअघि आयोगका निर्णय अपारदर्शी रहेको विषयमा विवाद सेलाएको केही समयमै सदस्यवीच पुनः विवाद देखिएको हो। सदस्य माधवी भट्टले कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष सूर्यकिरण गुरुङसमक्ष पूर्ण बैठक माग गर्दै निवेदन दिएकी छिन्।
द्वन्द्वकालमा प्रयोग गरिएका बालबालिकाको विषय, आयोगको नियमावली संशोधन र ऐनका केही बुँदा व्याख्या गर्ने क्रममा ढिलाइ भएको र आयोगको अडान तथा उजुरी अनुगमनका क्रममा केही सदस्य तथा कर्मचारीले आयोगका निर्णयविपरीत कार्य गरेको पत्रमा आरोप लगाइएको छ।
यी विषयलाई पूर्ण बैठकमा राखी छलफल हुनु पर्ने माग छ। उक्त निवेदनमा आयोगलाई जानकारीसम्म नदिई दोहोरो जिल्ला अनुमगन गर्ने, आयोगको स्वतन्त्रता र निष्पक्षता गुम्ने गरी कार्यक्रम आयोजना हुने र आयोग अध्यक्ष र सदस्यलाई मन लागेको दिन र मन लागेको ठाउँमा भ्रमण काज लिने दिने स्वतन्त्रताका विषयमा छलफल हुनु पर्ने निवेदनमा माग गरिएको छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia