काठमाडौं । नयाँ नियमावलीलाई मिच्दै व्यवस्थापिका संसदको वैठक सञ्चलन गरिएको पाइएको छ । नियमावलीले अनिवार्य व्यवस्था गरेको प्रश्नोत्तरको कार्यलाई संसदमा लागू नै नगरी बैठक सञ्चालन गरिएको हो ।
यी प्रवृत्तिले संसदीय व्यवस्थाको प्रभावलाई हलुका बनाउँदै गएपछि नयाँ नियमावलीको परिच्छेद ११ मा प्रश्न र ध्यानाकर्षणको व्यवस्था गरिएको छ ।त्यस्तै सभामुखले अन्यथा आदेश दिएबाहेक प्रत्येक बैठकको पहिलो घण्टा प्रश्न सोध्न तथा उत्तर दिनका निमित्त रहने व्यवस्था गरिएको छ । तर, त्यसअनुरुप संसद बैठकहरु बस्न सकेको छेन ।आजको राजधानी दैनिकमा खबर छ ।








