काठमाडौ । सिनेमाको पर्दामा ‘बट स्लोली, स्लोली’ भन्दै कामुक डान्समा लठ्याउने हिरोइन रेखा थापा आइतबार जिल्ला अदालत, काठमाडौंमा ‘स्लोली’ अर्थात विस्तारै होइन, मुखमा मास्क लगाएर साह्रै हतारमा छिरिन् । र त्यसैगरी निस्किइन् ।
यसरी उनी हतारिएर छिर्नुपर्ने र मुखमा मास्क लगाएरै हिँड्नुपर्ने कारण रहेछन, ५५ वर्षीय पूर्वपति छविराज ओझा ।३४ वर्षीया रेखाभन्दा भन्डै पाँच वर्षले कान्छी हिरोइन शिल्पा पोखरेलसँग विवाह गर्न रेखासँगको सम्बन्धविच्छेद बाधक बनिदिँदा रेखाले आइतबार हतारिनुपरेको हो ।
आज सांस्कृतिक कार्यक्रम प्रर्दशन गर्न कतार जाने हतारमा रहेकी रेखाले भनिन‘ मलाई त जानै मन थिएन । बोलाएको बोलायै गर्यो, अनि गइदिएँ ।’ अाजकाे जनअास्थामा समाचार छ ।









