काठमाडौँ । आठौं पटक अनशनमा बसेका डा. गोविन्द केसीले यसपटक अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगसहितका माग अघि सारेका छन ।
अस्पताल प्रशासनले अख्तियार निर्देशनमा केसीलाई सबै खालका अवरोध गरे पनि उनी अनशन बसिछाडे । प्रशासनले कुने पनि हालतमा अनशनमा नसघाउन प्राध्यापक, विद्यार्थी, कर्मचारीलाई सूचना नै जारी गरेको थियो ।
आएओएम स्रोतका अनुसार यसअघिका अनशनमा सघाएका चिकित्सकलाई बोलाएर अख्तियारका कर्मचारीले यसपालि सघाए‘नराम्रो परिस्थित आइपर्ने’ भन्दै धम्क्याएका छन् । -नागरिक दैनिक








