खोटाङ । घाँस काट्दै गरेकी बालिकालाइ बलात्कार प्रयास गरेको आरोपमा दोर्पाचिउरीडाँडा २ का ३५ वर्षीय झनक श्रेष्ठ पक्राउ परेका छन् ।गत सोमबार बारीमा घाँस काटिरहेकी १३ वर्षिया बालिकालाइ बलात्कार गर्न खोजको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
पीडितले जाहेरी दिएकै दिन मंगलबार आरोपितलाइ प्रहरीले पक्राउ गरेको हो ।घटनाका विषयमा आरोपित र पीडित पक्षबाट बयान लिएर कानुनी कारबाही पक्रिया अघि बढाइसकिएको प्रहरीको भनाइ छ ।
ओरोपित श्रेष्ठ विरुद्ध मुद्धा दर्ता गरिएको छ ।यसैवीच दन्द्धकालमा आफूमाथि बलात्कार भएको भन्दै शान्ति समिति दाङमा ६ वटा उजुरी परेका छवन् ।चार उजुरीमा राज्य पक्षबाट बलात्कृत भएको खुलाइएको छ भने दुई उजुरीमा तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताबाट बलात्कार भएको दाबी प्रस्तुत् गरिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।








