काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व आफूले लिनुपर्छ भन्ने बहस सुरु भएको छ ।यसका लािग ठोस निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले बताए ।
यस अवस्थामा सबैभन्दा ठूलो दल कांग्रेसले सरकारको नेतृत्व गर्नु स्वभाविक हुने उनले बताए । कांग्रेस ठूलो दल हो, नेतृत्वको दाबी स्वभाविक रुपमा गर्छ तर अहिलेको वस्तुस्थितिलाई हेरेर हामी वैकल्पिक नेतृत्व पनि स्वीकार गर्न सक्छौं, नेता केसीले भने ।आजको गोरखापत्र दैनिकमा खबर छ ।








