काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत नेपाली सेनाले निर्माण गरेको अधिकांश सामूहिक आवास प्रयोगमा आउन सकेका छैनन् । मध्यमाञ्चलका सात जिल्लामा निर्माण भएका सामूहिक आवसमध्ये धादिङ जिल्लामा मात्र प्रयोगमा आएको मध्यपृतना हेडक्वाटर हेटोंडाका पृतनापति उपरथी देवकुमार सुवेदीले बताए ।
धादिङका पाँचवटा सामूहिक आवासमा बाढी र पहिरो पीडित बसेका छन्, उनले भने अरु जिल्लामा निर्माण भएका १८ वटा सामूहिक आवास प्रयोगमा ल्याउन समन्वय गरिरहेको छौं । मध्यपृतनाअन्तर्गत सेनाले सात जिल्लामा तीन सय ६८ परिवार अट्ने गरी २३ स्थानमा सामूहिक आवास निर्माण गरेका थियो ।अाजको अन्नपूर्ण पाेस्टमा खबर छ ।









