काठमाण्ड । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो घटनाक्रमबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी दिएका छन् ।बुधबार साँझ राष्ट्रपति भवन शीनल निवास पुगी ओलीले राष्ट्रपतिलाई विकसित घटनाक्रमबारे जानकारी गराएका हुन् ।

सत्तासाझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिई व्यवस्थापिका संसदमा अविश्वासको प्रस्तावसमेत दर्ता गरेपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकार ढाल्नका लागि भएको लामो ऋंखलाबारेसमेत जानकारी गराएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्रीसँगको परामर्शमा राष्ट्रपति भण्डारीले दलहरु मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै संविधान कार्यान्यवनमा सबैको ध्यान केन्द्रित हुनुपर्ने सुझाव दिएकी छन् ।आजको राजधानी दैनिकमा खबर छापिएको छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia