३१ असार, इनरुवा ।आदिवासी जनजाति मात्रृभाषा चलचित्र प्रबर्द्धन समिति द्वरा चलचित्र बिकास बोर्डमा ” दोश्रो आदिवासी जनजाति चलचित्र प्रोत्साहन तथा सम्मान कार्यक्रम २०७३ ” मा सम्पन्न भयो ।
गत बर्ष देखि सुरु भएको यस कार्यक्रममा यो वर्ष देखि आदिबासी जनजाती चलचित्र क्षेत्रमा सकृय गतिबिधी गर्दै आएका एक जना ब्याक्तित्व लाई ” आदिवासी जनजाती चलचित्र प्रतिभा सम्मान ” दिने पनि घोषणा गरियो । यो बर्षको प्रतिभा सम्मान पुरस्कार मोफोसलमा बसेर आदिबासी जनजाती चलचित्रमा लामो समय देखि सकृय रहेका योगदान पुर्याउनु भएका तथा अहिले सम्म सबैभन्दा बढी भाषामा जनजाती चलचित्र, बृतचित्रमा निर्देशन गर्नु भएका सुनसरि इनरुवा घर भै हाल धरान बस्नु हुने अरुन प्रधानलाई प्रदान गरिएको छ ।
वहाले अहिले सम्म लिम्बू, राई, मगर , राजवंशि , थारु, याक्खा भाषाको चलचित्र तथा बृतचित्र निर्देशन गरिसक्नु भएको छ ।
” आदिवासी जनजाती चलचित्र प्रतिभा सम्मान ” अरुण प्रधान लाई प्रदान गर्दै बिकास बोर्ड का अध्यक्ष राज कुमार राईले पुर्बमा नै बसेर जनजाती चलचित्रमा लामो संघर्ष गर्दै आएका ब्यक्तिले पाउनु भएको छ , यो पुरस्कार जनजाति चलचित्र क्षेत्रमा योगदान पुर्याउनु हुने लाई मुल्यांकन गरेर जो कोहिले पनि प्रप्त गर्नु सक्छ भन्नू भयो ।
त्यसै गरि उक्त अवसरमा २०७२ सालमा निर्माण भएर चलचित्र बिकास बोर्डमा दर्ता भएका उत्कृष्ट आदिबासी चलचित्रहरु लाई सम्बन्धित जातिय सन्स्थाको सिफारिसमा प्राप्त भएका चलचित्रहरु लाई सम्मान गरियो।
सम्मानित हुने चलचित्रहरु नेवरी समुदायको “कृशा गौतमि” , गुरुङ समुदायको ” कर्म क्या ” , किराँत राई समुदायको ” यारी ” , यक्खा भाषाको पहिलो चलचित्र ” ओम्ला ” , राजवंशि समुदायको ” दखल ” र प्रबर्द्धन समिती सम्मान चलचित्र ” पाते २ ” ले प्रप्त गरेको छ ।
कर्यक्रमको सभापतिको आसन ग्रहन प्रबर्द्धन समितिका सह सञ्योजक ज्योति राज राईले गर्नु भएको थियो भने विशेष अतिथीमा आदिवासी जनजाति चलचित्र महासङ्ह का अध्यक्ष अमृत सुनुवार र कलाकार संघका अध्यक्ष रमकेसर बोगटी तथा निर्देशक जनक दिप पराजुलीज्यु ले गर्नु भएको थियो ।











