१ साउन, काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा. गोविन्द केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको छ । डा. केसीको ज्यान बचाउन चिकित्सक टोली गठनको अनुमति माग्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक डा. दीपम महरा जिल्ला प्रशासन कार्यालयमा पत्र लिएर गएका छन् ।
अस्पताल प्रशासनले ७ सदस्यीय टोली गठन गरेको हो । मेडिकल विभागका प्रमुख प्रदीपकृष्ण् श्रेष्ठको संयोजकत्वमा टोली गठन श्रेष्ठको संयोजकत्वमा टोली गठन गरिएको छ । टोलीमा विगतका अनशनमा पनि नियमित स्वास्थ्य परीक्षण गर्दै आएका शिक्षण अस्पतालका मृगौला रोग विशेषज्ञ डा. दिव्या सिंह पनि सदस्य छन् । अाजको नेपाल समाचारपत्र दैनिकमा खबर रहेकाे छ ।








