२ साउन , काठमाडौं । कांग्रेस-माओवादी गठबन्धनले नयाँ सरकार बनाउन पहल थालेसँगै दुबै दलका नेताको ध्यान कसरी मधेसवादी दललाई पक्षमा ल्याउने भन्नेमा केन्द्रित छ। मधेसी मोर्चा र संघीय गठबन्धन नेतृत्वकर्तासँग औपचारिक/अनौपचारिक भेटलाई तिब्र बनाएका कांग्रेस माओवादी नेताले सहमतिको आधार सातबुदे सम्झौतामा समेत मधेसका सवाललाई पहिलो प्राथमिकतामा राखेका छन्।








