काठमाडौं /अनशनमा बसेका चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द केसीका सर्मथक ‘रेजिडेन्ट’ चिकित्सकले दैनिक दुई हजारभन्दा बढी बिरामीले सेवा लिँदै आएको त्रिवी शिक्षण अस्पतालको ओपीडि सेवा मंगलबारदेखि बहिष्कार गर्ने निर्णय गरेका छन् ।
‘शिक्षण अस्पताल काठमाडौंसँगै दूरदराजबाट सिफारिस गरिएका विरामीले भरिने अस्पताल हो । जहाँ रेजिडेन्ट चिकित्सककको पनि ठूलो भूमिका र दायित्व हुन्छ,’ अस्पतालका कार्यकारी निर्देशक डा। दीपक महराले भने, ‘जुन कुरामा हमीले पहिले पनि पटक–पटक सचेत गराएका छौं ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।








