काठमाडौं / मनसुनी रेखा नेपाल नजिक आइपुगेकाले देशका पूर्वी र पश्चिमी भागमा अझै केही दिन भारी वर्षा हुने मौसमविद्ले बताएका छन् ।जल तथा मौसम पूर्वानुमान महाशाखाका पदाधिकारीले लगातारको वर्षाले पूर्व र पश्चिमका ठूला नदीमा पानीको मात्रा बढ्ने भएकाले सतर्क रहनसमेत सुझाएका छन् ।
‘पाँच दिन सक्रिय भएपछि यो रेखा आफै तल झर्छ,’ उनले भने, ‘तल झरेपछि मनसुन पनि निष्क्रिय हुन्छ र पानी रोकिन्छ ।’ लगातारको वर्षासँगै पूर्वमा कोसी, पश्चिममा कर्णाली र महाकाली नदीमा पानीको मात्रा बढेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।









