काठमाडौं । बारको बेलदारीस्थित प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक जुगेश्वर यादवलाई रक्सी खान नेपाल आएका भारतीयहरुले कुटपिट गरेका छन् ।बाराको सीमावर्ती भारतीय गाउँ कोइलगाँवाबाट रक्सी खान आएका भारतीयहरुले प्रहरी सहायक निरीक्षक यादवलाई कुटपिट गरेका हुन ।

बाराको बेलदारीमा रहेको भट्टीमा रक्सी सेवन गरेर आइतबार बेलुकी घर फर्किँदै गरेका भरतीयहरुले गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक यादवलाई कुटपिट गरेका हुन् । स्थानीय भट्टीमा रक्सी सेवन गरेपछि होहल्ला गरेका आठजना भारतीयलाई प्रहरीले सोधपुछ गरेपछि विवाद भएको थियो ।विवादका क्रममा भनाभन भएपछि भारतीयले यादवलाई कुटपिट गरेका थिए ।आजको अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia