५ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिनले अवकाश पाएको दुई महिनासम्म कार्यालयमा काम गरेको खुलेको छ । १२ वैशाख २०७३ मा अवकाश पाउनुपर्ने सहायक डिन प्राडा. सरला जोशीले ८ असार २०७३ सम्म अध्ययन संस्थानमा काम गरेको पाइएको हो ।
जोशीले ६३ वर्षे उमेर हदका कारण १२ वैशाखमै त्रिविवाट अवकाश पाइसकेकी थिइन् । नागरिकतामा जोशीको जन्म २०१० सालमा भएको उल्लेख छ तर एसएलस्किो शैक्षिक प्रमाणपत्रमा भने २०११ साल उल्लेख छ । एसएलसीको शैक्षिक प्रमाणपत्रलाई आधारमा अझै एक वर्ष कार्यावधि बाँकी रहेको भन्दै उनी काम गर्दै आएकी थिइन् । तर, त्रिविले २०१० साललाई आधार मानेर जोशीलाई अवकाश दिएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।








