काठमाडौँ / हुँदा खाँदाको सरकारबाट हात धोएर निस्कनु परेपछि कसलाई पो पीर नपर्ला । अहिले खड्ग ओलीका लागि पनि त्यस्तै भएको छ । हुँदा खाँदाको सरकार छाडेर केही दिन पछि पूर्व प्रधानमन्त्रीको हैसियतमा बालकोट फर्कनु पर्दा कति पीर परेको होला त्यो त उनैलाई थाहा होला । तर बालुवाटारबाट बिटाका बिटा पैसा दिएर सडकमा पञ्चर्याली निकाल्न लाउनुलाई भने लोकले राम्रो मानेको छैन ।
प्रधानमन्त्री कार्यालयबाट पैसा लिएर प्रदर्शन गरेको उनै महेश बस्नेतले सगौरव बताउँदै हिडेका छन् । ओलीको तरिका देख्दा वाक्क लागेको र पञ्चर्याली निकाल्नुको कुनै तुक नभएको भन्दै युवा संघकी पूर्व उपाध्यक्ष दिलु पन्तले फेसबुकमा ओलीको हुर्मत लिएकी छिन् भने रामेछापका एमाले नेता देवशंकर पौडेलले समेत ओलीको शैली पञ्चायती मानसिकताको उपज भन्दै आलोचना गरेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।








