nik bista cameraman1

२१ साउन, इनरुवा। पर्यटकीय क्षेत्रको रुपमा बिकशित हुदै गरेको पुर्वमा मनोरंजन को दुनियामा संघर्ष गर्दै गरेका एक युवा हुन् निक बिष्ट ।
झापा को चन्द्रगडी मा जन्मिएका निकले बाल्यकाल भने बिराटनगर मा बिताए, आफ्नो कर्म थलो को रुपमा इटहरीलाई मान्ने निक बिगत ८ बर्ष देखि क्यामेरामेन को रुपमा निरन्तर लागि परेका छन् ।

क्यामेराको रेकर्ड बटम दाब्दै मा क्यामेरामेन हु भन्नेहरुले सिप सिकेर यो क्षेत्र मा केहि गर्छु भन्नेहरुले निरन्तरता को लागि कठिन हुने निश्चित देखिन्छ । आफु सानै देखि क्यामेरा खेलाउन रुचाउने उनि यहि क्षेत्र मा निरन्तर लागिरहने बताउछन।

nik bista cameraman

संचार को बिकाशले गर्दा क्यामेरामेन को अस्तित्त्व र भ्यालु खस्किदै गएको मा उनि दुखित छन् । पुर्व मा धेरै म्युजिक भिडियो छायांकन गरिसकेका निक इटहरी बाट संचालित एरिना टेलिभिजनका क्यामेरा प्रमुख पनि हुन् ।

“केन्द्रमा गएर अब को समयमा आफ्नो स्थान बनाउन निकै कठिन छ, त्यसैले मोफसल मै रहेर आफ्नो सिप को सदुपयोग गर्छुू” उनि भन्छन – “मोफसल भन्दै मा यहाँ पनि काम गर्न निकै कठिन छ”।

प्रतिस्पर्धा को समय छ, यो क्षेत्र मा लागेर बाच्न सकिन्छ त भन्ने प्रश्न मा उनि भन्छन – “आफ्नो आत्मा सन्तुष्टि हो, परिवार को पूर्ण सपोर्ट छ, मेहनत गरेर काम गर्यो भने जुन सुकै क्षेत्र मा लागेर पनि बाच्न सकिन्छ”।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia