deepak-raj

उपेद्र यादबज्यूलाइ मेरो चिठ्ठि………….
आदरणिय उपेन्द्र यादवजी तपाइले भन्नु भएछ हामिलाइ ८ जिल्लाको लगौटी होइन २२ जिल्लाको घोती चाहियो……..
हुनत तपाइ म भन्दा धेरै बौद्धिक मान्छे म सामान्य कलाकार मात्रै हूँ , तर तपाइको भनाइमा तपाइ कॉहा चुक्नु भो भने २२ जिल्लाको धोति मात्रै होइन ७५ जिल्लाको सिरक नै तपाइकै होइन र?
केहि अबुझ हरूलाइ छोडने हो भने अहिले पहाडमा मधेसीलाइ सम्मानै गरिन्छ, तपाइ पर राष्ट्मंत्री हूदा हाम्ले मधेसको परिराष्ट मन्त्रि को हिसाबले बुझेनौ,
रामबरणजी, परमान्नद जी लाइ राष्टपतिकै हिसाबमा झुकेर सलाम गर्यौ,मेरो र मेरो छोरीको कति साथिहरू मधेसी छन् घरमा आउदा कहिले मधेसी आको होइन आफन्तनै आको ब्यबहार प्रस्तुत गर्ने गर्छौ… तपाइका कतिपय आन्दोलन हॉक्नेहरू ले पहाड़िया केटी बिहे गर्नु भएको छ , सोध्नुस उहॉहरूलाइ काठमान्डौले उहॉहरूलाइ ज्वॉइको आतिथ्यता दिन कहिले कन्जुसी गरेको छ?
अहिले राज्य बॉडफाडमा पनि लगभग सबैका भागमा ७,८ जिल्ला नै परेको अबस्थामा तपाइलाइ यो ८ जिल्ला कछाड लाग्यो?
हामि पहाडका लागि पनि सुरूवाल होइन , कट्टुनै भागमा परेको छ… सबै मधेसीलाइ एउटै मधेस, सबै पहाडिया लाइ एउटै पहाड चाहिएको थियो भने संधियतामा जाने निर्णय किन गर्नु भो एउटै नेपाल ( सिरक र डस्ना) नै थियो नि…. आफ्नो पबित्र भूमि जहॉ जानकि मन्दिर पनि पर्छ त्यस्लाइ कछाड र लगौटी जस्ता तुच्छ बस्त्र संग तुलना नगर्नुस
राज्यको गहना भनिने तर कुनै पनि सरकारी ठॉउमा हैसियत नराख्ने कलाकारीता गरेर हिडेको सानो मान्छेको दिमागमा जे आयो त्यो लेखे,
दाउरामा पकाको अधकल्चो भात खाएर हिडेका बसको छतमा झुन्डिदा झुन्डिदा थकित जनतालाइ देख्दा जे महसूस भो त्यो बिचारलाइ यॉहा पोखे यस्तो अबस्थालाइ देख्दा थाम्न सकिएनर लेख्न बाध्य भए ,
के संबिधान यी दुख पाउने जनताले लेखेका हुन्? तपाइहरूले नै लेख्नु भाको हो, असफल हुनु भाको भए पनि तपाइ नेताहरूनै भाको हो , असफल हुने तपाइहरू सजाए पाउने जनता? यो कस्तो बिडम्बना हो? त्यलैले एक चोटी बिचार गरिदिनुहोला गल्ति भए माफि चाहन्छू……..जय मधेस, पहाड, हिमाल…. जय नेपाल

उनको फेसबुक पेजमा उनका सयौ प्रसंसकले प्रतिक्रिया दिए पनि स्वयं यादबले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia