मुम्बई । मुम्बईका प्रसिद्ध फोटोग्राफर डब्बु रतनानीले सन्नी लियोनको बोल्ड फोटो सार्वजनिकगरेका छन् । केही दिनअघि मात्रै सन्नी लियोनको कन्डम ब्रान्डको क्यालेन्डर लन्च भएको थियो । उक्त क्यालेन्डरमा सन्नीका केही कामुक तस्बिर समावेश गरिएको छ ।
तस्बिरमा सन्नीले विभिन्न पोज दिएको देखिन्छ । बिकिनीमा प्रस्तुत भएकी सन्नी कतै समुद्री किनारको बालुवामा लडिरहेकी छन् त कतै खोलाको किनारमा रहेको ठूलो ढुंगामा अडेस लागेर बसेकी छन् ।









