७ भाद्र, सुवास संकल्प इटहरी। युवा युवती हरु देखि लिएर हरेक वर्गमा लोकप्रिय बनेको सुबिन भट्टराईको चर्चित उपन्यास “समर लभ” मा बन्न लागेको फिल्मको काम यो बर्ष को लागि रोकिएको छ । उक्त कुराको जानकारी चर्चित निर्देशक तथा निर्माता बिकाश राज आचार्यले आफ्नो फेसबुक मार्फत गराएका हुन् ।
आचार्यले अगस्ट १९ मा “हामि अहिले पनि साया साक्य खोजिरहेका छौ । त्यसैले समर लभ को निर्माण केहि समय ढिलो हुन सक्छ । भनेर आफ्नो फेसबुक मार्फत भनेका थिए । फेरी उनले आज अर्थात अगस्ट २२ मा अर्को स्टाटस लेख्दै “यो बर्ष हामी चलचित्र ” नीरान्जना” मात्र निर्माण गर्दैछौं ।
समर लभको मुख्य पात्र साया नभेटिएकोले यस चलचित्रको निर्माण अर्को बर्ष हुनेछ ।” भनेका छन् । फिल्मको अधिकांश छायांकन अष्टेलियामा हुने कुरा यो भन्दा अगाडी नै जानकारी मा आएको थियो । मुस्कान ढकालको निर्देशनमा बन्न लागेको यो फिल्मका लागि अष्टेलियामा भएको प्रतिभालाई अवसर दिईने भनिएको थियो तर अहिले सम्म पनि समर लभको लागि मुख्य पात्र “साया” नभेटिएकोले यो बर्ष को लागि चलचित्र “नीरान्जना” मात्र निर्माण गर्ने र “समर लभ” लाइ भने अर्को बर्ष निर्माण गर्ने कुरा निर्माता तथा निर्देशक आचार्यले सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् ।
यसअघि नायिकाकालागि साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिने खबर सार्वजनिक भएको थियो । चलचित्रमा नव नायिका लिने आइडिया निर्माता दिनेश पोखरेलको हो । उनी लामो समय समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् । त्यसैले पनि यो फिल्मका लागि नव नायिका अष्टेलियाबाटै खोज्ने जमर्को गरिएको हो । फिल्मका प्रस्तुतकर्ता बिकास आचार्य रहने छन् भने निर्देशन मुस्कान ढकालले गर्ने छन् ।











