एजेन्सी / भारतका चर्चित कमेडियन कपिल शर्मा विश्वलाई हसाँएर चर्चित बनेका छन् । तर, उनै कपिल एकाएक भारतीय प्रधानमन्नी नरेन्द्र मोदीलाई ‘तपाइको ‘अच्छे दिन यही हो ? भन्दै भड्किएका छन् । कपिल प्रधानमन्त्रीलाई यो प्रश्न किन गरिरहेका छन् भन्ने तपाइलाई लाग्न सक्छ । कपिल मुम्बइमा अफिस बनाउन चाहन्छन् । तर, यसका लागि उनीसँग बीएमसीका अधिकारीहरुले ५ लाख घुस मागेका छन् । कागजपत्र तयार गर्नका लागि ५ लाख घुस दिनु परेपछि कपिल यसरी रिसाएका हुन् ।








