Maithali-ma-dance rajbiraj

०५ मंसिर, राजविराज दिलिप  साह । महाकवि विद्यापति स्मृति पर्वको अवसरमा मैथिल कलाकार परिषद्द्वारा विद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना गरेको छ । राजविराज स्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयमा शनिबार सो नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा शिव इन्टरनेशनल सेकेण्ड्री बोर्डिङ्ग राजविराज प्रथम स्थान प्राप्त गरेका छन् । यसैगरी न्यू रोज पब्लिक सेकेण्ड्री स्कूल दोस्रो र जनता निम्न माध्यमिक विद्यालय सतवेदहा अर्नाहा तेस्रो स्थान प्राप्त गरेका छन् ।

कलाकार परिषद्का अध्यक्ष रामअधिन साहको अध्यक्षतामा आयोजित प्रतियोगितामा मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झा, परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्र, सङ्गीतकार कमल मण्डल, युवा नेता पार्थो सरकार, तीर्थनारायण दास, शिक्षक सुमन ठाकुरल गायतले मन्तव्यसहित विजयी छात्रछात्रालाई पुरस्कार वितरण गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia