१४ मंसिर, तेह्रथुम / लुकेर रहेको गायन प्रतिभालाई खोजि गर्नका लागी आयोजित लिम्बुवान आईडल सिजन २ को पहिलो अडिसनमा तेह्रथुम बाट १७ जना छनौट भएका छन् ।बिशुद्ध संगितलाई पुर्नस्थापना गर्दै अवशर नपाएका कला र गलाको खोजी गर्ने अभिप्रायले बसन्तपुर बजा्रमा आज भएको लिम्बुवान आईडलको पहिलो अडिसन बाट दोस्रो संस्करणका लागी १७ जना प्रतिस्प्रधी छनौट भएका हुन ।
पुर्वाञ्चलको ९ वटै जिल्लामा प्रथम अडिसन लिईने कार्यक्रम अनुसार बसन्तुरको लालिगुरास डान्स सेण्टरको हलमा तेह्रथुम र धनकुटा जिल्लाका लागी अडिसन लिईएको आयोजक युमा आट्स सेण्टरका अध्यक्ष गायक खगेन्द्र यक्सोले जानकारी दिनुभयो ।दोस्रो राउण्डका लागी छनौट हुने सहभागीहरुमा कासाङ भोटे,अभिनेस श्रेष्ठ,आसुतोक श्रेष्ठ,हिमाल लिम्बु,अबि राई , सुगम राई , उमेश लिम्बु,सुवास मगर,रेणुका बराल,बादल गुरुङ,रमिला लिम्बु,बिकास गुरुङ,रेसम जिमी,सबिता तामाङ,सुस्मा गुुरुङ र पासाङ ल्हमु सेर्पा रहनुभएको २ जिल्लाका कार्यक्रम संयोजक रबिकिरण मादेनले बताउनुभयो ।
उहाका अनुसार छनौट भएका सहभागीहरुलाई दोस्रो राउण्डका लागी मंसिर १५ गते बसन्तपुरमै बोलाईएको छ । पुर्वेली गित संगित पारखी तथा सुभचिन्तकहरुको आर्थिक सहयोगमा आयोजना गरिएको यस आईडल सिजन २ को प्रथमले नगद पुरस्कारको साथमा म्युजिक एल्वम र म्युजिक भिडियोमा खेल्ने अबशर प्राप्त हुने छ ।
त्यस्तै दोस्रोले नगद पुरस्कारको साथमा ३ वटा गित र तेस्रोले १ वटा गित रेकर्ड गर्ने अवशर प्राप्त हुने आयोजकले जनाएको छ । साथै उत्कृष्ट १० मा पर्न सफल सबै प्रतियोगीले एक एक वटा गित रेकर्ड गर्न पाउने आयोजक युमा आट्स सेण्टरका अध्यक्ष गायक खगेन्द्र यक्सोले बताउनुभयो । यस अघि २०६८ सालमा आयोजित लिम्बुवान आईडल सिजन १ मा ताप्लेजुङका कन्चन थलङ बिजेता बन्नुभएको थियो ।









