एजेन्सी । भारतीय टिभी सिरियल ‘उतरन’ मा इच्छाको भूमिका निभाउने नायिका टीना दत्ता फ्लाइटमा यौन दुर्व्यवहारको शिकार बनेकी छिन्। टिनाले आफुमाथी सेक्शुअल ह्यारशमेन्ट भएको आरोप लगाएकी हुन। उनको अनुसार, केही दिन पहिले मुम्बईको एक कार्यक्रममा सहभागी भएर राजकोट फर्किने क्रममा यो घटना घटेको थियो। उडानको क्रममा विमानको एक यात्रुको उनको साथ गलत व्यवहार गरेको उनले आरोप लगाएपनि यसउपर कुनै एक्शन भने लिएकी छैनन्।
‘सिट नम्बर 31A मा बसेको यात्रुले मलाई छेडछाड गर्ने कोशिस गरे। उनले मलाई गलत तरिकाले छुन सुरु गरे। पहिला त लाग्यो कोही बच्चा होला, तर पछाडी फर्केर हेरे त सक्ड भए। उनी लक्का जवान पुरुष थिए। म चिच्याए अनि उनी आत्तिए। अनि माफि मागे।’ टिनाले यो घटना बारे एयरहोस्टेसलाई जानकारी दिदाँ पनि सहयोग नगरेको गुनासो पोखिन।
टिना टिभीकी चर्चित नायिका मध्येकी एक हुन। जब उनी ५ वर्षकी थिइन तब उनले सिरियल ‘सिस्टर निवेदिता’ मा काम गरेकी थिइन। कयौं फिल्ममा बालकलाकारको काम गरिन। टिना जब १६ वर्षकी थिइन तब ऐश्वर्या रायसंग बंगाली फिल्म ‘चोखर बाली’ मा देखिएकी थिइन। सन् २००८ देखि २०१५ सम्म उनी लगातार भारतीय सिरियल ‘उतरन’ की प्रमुख नायिका थिइन।









