३० मंसिर, इटहरी। इटहरीको डेढ सय वर्ष लामो इतिहाँसलाई वृतचित्रको प्रर्दशनी भएको छ । इटहरीका युवा सञ्चारकर्मीको सक्रियतामा लामो समय देखिको अध्ययन र खोज पश्चात इतिहाँसमा इटहरी नामक वृतचित्र तयार पारिएको हो ।उक्त वृतचित्र इटहरी स्थित आइ सिनेमा हलमा प्रदर्शन गरिएको छ ।
वृतचित्रमा इटहरी कसरी निर्माण भयो र पुर्व पश्चिम राजमार्ग र कोशी राजमार्गको सँगम स्थलको रुपमा रहेको इटहरीले छोटो समयमानै आधुनिक रुप ग्रहण गर्नु पछाडिका कारण के हुन सक्छन् लगाएतका कुराहरु ३५ मिनेटको रहेको थियो ।पहिलो प्रदर्शनीमा इटहरीका अग्रज तथा शिक्षासेवी प्रेमप्रसाद न्यौपानेले विगतलाई सँग्रह गर्ने कुरा चानचुने नभएको भन्दै युवाको कार्य प्रशंसनिय रहेको बताए ।
त्यस्तै अर्का शिक्षा सेवी लेखनाथ घिमिरेले पुरानो कुरा भावि पुस्ताका लागि आवश्यक रहेको भन्दै भविष्यमा यो डकुमेन्ट्रिले धेरै अर्थ बोक्न सक्ने बताए ।इटहरीको वदलिँदो परिचयसँगै आधुनिक रुपलाई समेत यस वृतचित्रमा देखाइएको छ । ड्रोन क्यामरा प्रयोग गरेर बनाइएको डकुमेन्ट्रि इटहरीको सम्पतिको रुपमा रहने निर्देशक आषिश विकले बताए ।








