chetrya kalakar gathan itahari

३ पुष, इटहरी। इटहरी उपमहानगरपालिकाको पर्यटकीय स्थान तालतलैयामा भएको भेलाले दिवश पोख्रेलको अध्यक्षतामा सुनसरी २ नम्वर क्षेत्रस्तरीय कलाकार सङ्घको गठन भएको छ । याम प्रधानको सक्रियतामा कलाकार सङ्घको गठन भएको हो । कला संस्कृति र संस्कारको जगेर्ना र संरक्षणको उद्देश्यले उक्त कलाकारका सङ्घको गठन भएको हो ।

सङ्घको उपाध्यक्षमा सुमी थापा महासचिवमा दिपक ढकाल सचिवमा सोनु जयन्ति र कोषाध्यक्षमा मुकुन्द भट्टराई रहनुभएको छ । साथै सोही भेलाले सङ्घको सदस्यहरुमा सचिव पोख्रेल, राजेश खनाल, खगेन्द्र बिमली, सावित्री नेपाल हिरा आचार्य र दुर्गा पौडेल ढकाललाई सदस्यमा चयन गरेको छ ।

नवगठित समितिले चाँडै नै पहिलो बैठक बसेर सङ्घले गर्ने विविध कार्यक्रम सम्वन्धि ठोस योजनाहरु बनाउने सङ्घका अध्यक्ष दिवश पोख्रेलले जानकारी दिनुभएको छ । सोही भेलाले इटहरी ३ की बिरामी मनकुमारी धिमाललाई उपचारमा थप सहयोग पुर्याउने उद्देश्यले १५ हजार ६ सय नगद जम्मा गरेर उनको उपचारका लागी सहयोग गरेको घोषणा समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia