एजेन्सी । करिना कपुर आमा बनेकी छिन। मंगलबार बिहान ७:३० मा मुम्बईको बिच क्याण्डी अस्पतालमा उनले छोरा जन्माएकी छिन्। आमा छोरा दुवै स्वस्थ छन्। छोराको नाम तैमूर अली खान पटौदी राखिएको छ। करिनाको पहिलो छोरा तैमूर सेफ अली खानको भने तेस्रो सन्तान हो। सैफको पहिलो पत्नी अमृताबाट एक छोरी सारा र एक छोरा इब्राहिम छन्।यो भन्दा अघि चर्चा चलेका थिए कि करिना आफ्नो सन्तानको नाम सैफीना राख्नेछिन्। पछि सेफले यस्तो खबरको पछि नलाग्न बताएका थिए।

मंगलबार सेफ र करिनाले संयुक्त वक्तव्यमा छोराको नाम तैमूर राखेको बताएका हुन्। तैमूर एक तुर्की शासक थिए। भारतमा मुगल साम्राज्य सुरु गर्ने बाबर तैमूरको पाँचौ वशंज थिए। तैमुर मुस्लिम समुदायमा प्रचलनमा रहेको नाम हो। यसको अर्थ हुन्छ फलाम वा अति बलियो वस्तु। यो शब्द अरबी भाषाबाट आएको मानिन्छ।

२०१२ मा विवाह
सेफ र करिनाको विवाह सन् २०१२ अक्टोबर १६ मा भएको थियो। दोस्रो पत्नी बन्न गएकी करिना सेफ भन्दा १० वर्षले कान्छी छिन्। सन् १९८० सेप्टेम्बर २१ मा जन्मेकी करिनाको लामो समय शाहिद कपूरसंग अफेयर चलेको थियो। शाहिदसंग ब्रेकअप भएपछि करिना सेफसंग नजिकिएकी थिइन। पछि दुवैले विवाह गरे।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia