एजेन्सी । भारतिय टिभी च्यानलमा अमिताभ बच्चनद्वारा अभिनित एक फिल्म पटकपटक प्रसारण भइरहेको हुन्छ। यसरी टिभीमा प्रसारण हुने सो फिल्म हो अमिताभ बच्चनले दोहोरो भूमिकामा अभिनय गरेको ‘सूर्यवंशम’ हो। फिल्मले टिभीमा पटकपटक प्रसारण हुने फिल्ममा रेकर्ड कामय गरिसकेको छ। धेरैलाई यो फिल्मको हरेक कुरा कण्ठस्थजस्तै छ। आखिर किन पटक पटक प्रसारण हुन्छ त यो फिल्म? यसबारेका तथ्यहरू सार्वजनिक भएका छ।
एक वेव साइटका अनुसार ‘सुर्यवशंम’ फिल्मलाई सोनी म्याक्स टिभीले १०० वर्ष सम्म प्रसारण गर्न पाउने अधिकार खरिद गरेको छ। फिल्मका लागि ठूलै रकम खर्चिएकाले सो फिल्म पटकपटक देखाइने गरेको छ। फिल्म र च्यानल एकै वर्ष आएका थिए। फिल्म सन् १९९९ मा रिलिज भएको थियो भने च्यानल पनि सोही वर्षबाट प्रसारणमा आएको थियो।
सो फिल्ममा अमिताभको अपोजिट सौन्दर्या रघुले अभिनय गरेकी थिइन, जो अब यस संसारमा छैनन्। उनको एक हवाई दुर्घटनामा निधन भएको थयो। दक्षिण भारतकी चर्चित यी अभिनेत्रीको ‘सूर्यवंशम’ एकमात्र बलिउड फिल्म हो।









