aamir-salman-story dangal tweet

कुस्तीबाजको कथामा सलमान खानको ‘सुल्तान’ तथा आंमिर खानले ‘दंगल’ बनाउने भएपछि धेरैको अनुमान थियो: दुई मध्ये एक फिल्मलाई त्यसले घाटा पुर्‍याउनेछ। सो अनुमान एउटै विषयमा एकै वर्ष रिलिज गर्ने दुबै अभिनेताको तयारीलाई मध्यनजर गर्दै गरिएको थियो।

शुक्रबार ‘दंगल’ रिलिज भएपछि सो अनुमानले फेल खाएको छ। अब ‘दंगल’ राम्रो कि ‘सुल्तान’ भन्नेमा चर्चा केन्द्रित हुन थालेको छ। यस बारेमा विभिन्न मत-मतान्तर आउन थालिसकेका छन्। यसैबिच सलमानले ‘दंगल’लाई लिएर दिएको प्रतिक्रियाले धेरैको ध्यान आकृष्ट गरेको छ।

सलमान खानले ट्विटमा यस्तो प्रतिक्रिया दिए,’आज साँझ मेरो परिवारले फिल्म ‘दंगल’ हेरे। उनीहरूको नजरमा ‘सुल्तान’ भन्दा ‘दंगल’ धेरै राम्रो बनेको छ। आमिर व्यक्तिगतरूपमा म तिमीलाई माया गर्छु तर व्यवसायिक रूपमा घृणा गर्छु।’

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia