२२ पुष, काठमाडौं । आज अपराह्न कौशलटार स्थित एनआइसी एसिया बैंकबाट झिकिएको रु छ लाख  लुटपाट भएको छ । बैंकबाट रकम झिकेर गठ्ठाघर पुगेलगत्तै काभ्रे पाँच खाल घर भई हाल भक्तपुर बालकुमारीकी मन्दिरा अधिकारीका साथबाट मोटरसाइकलमा आएका लुटेर रकम लुटेर फरार भएका हुन् ।

पीडित अधिकारीले भने, “बैंकबाट रकम झिकेर बा ६१ प २२७३ नम्बरको स्कुटरमा गठ्ठाघरस्थित सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थामा जाँदै थिएँ, सहकारी अगाडि स्कुटर रोकेर ब्याग बोक्न खोज्दा मोटरसाइकलमा आएका दुई जना रकम सहितको ब्याग बोकेर फरार भए । अनुसन्धानका क्रममा बा ७९ प अल्फाबेट भएको नं खुल्न नसकेको कालो रातो रङको मोटरसाइकलमा आएका लुटेराले रकम लुटेर सागबारीतर्फ फरार भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia