manju merii basai

एजेन्सी। प्रियंका चोपडाले निर्माण गर्न लागेको नेपाली सिनेमा पौवाका लागि मुख्य अभिनेत्रीमा सिक्किमी मन्जु क्षेत्री अनुबन्धित भएकी छन्। ‘द टेलिग्राफ इन्डिया’का अनुसार उनी अडिसन पास हुँदै फिल्मका लागि छनौट भएकी हुन्। केही दिन अघि उनले प्रियंकाको कम्पनी पर्पल पेबलले फोनबाट उनलाई यसको जानकारी दिएको हो।

मन्जुले प्रियंकाको कम्पनीबाट फोन आउँदा खुशी लागेको प्रतिक्रिया दिएकी छन्। पर्पल बेबलको प्रमुखमा अहिले प्रियंकाकी आमा मधु छिन् । यो नेपाली र सिक्किमे प्रोजेक्टलाई पाखी ए टाएरेवालाले निर्देशन गर्ने जनाइएको छ। सन् २०१३ देखि अभिनय थालेकी मन्जुले नेपाली सिरियल मेरी बास्सैमा समेत अभिनय गरेकी छन् । उनले खड्काजीको कान्छी श्रीमतीको रुपमा अभिनय गरेकी थिइन।

टेलिग्राफले फिल्मका सहायक निर्माता राज सिटौलालाई उद्धृत गर्दै सिक्किमबाट अन्य पाँच कलाकार पनि छानिएको लेखेको छ। फेव्रुअरी पहिलो सातादेखि फिल्मका लागि कार्यशाला सुरु हुँदैछ । सन् २००२ मा खसेको पहिरोमा बुवा र दिदीलाई गुमाएपछि उनकी आमाले उनलाई हुर्काएकी थिइन् ।

 रणवीर कपुर र दिपिका पादुकोणको फ्यान रहेकी मञ्जु सिक्किम मणिपाल विश्वविद्यालयबाट एमबीए ग्र्याजुयट हुन्। फिल्ममा  राजनीतिक अस्थिरताका कारण परिवारबाट अलग भएका दुई बालबालिकको कथा रहनेछ। प्रियंका चोपडा भने अहिले हलिउडको फिल्मको क्वान्टिकोमा व्यस्त छिन्। प्रियंकाले स्तानिय प्रतिभालाई स्थान दिन क्षेत्रिय भाषामा फिल्म निर्माण गरिरहेकी छन्। यही योजना अन्तरगत उनले नेपाली भाषामा फिल्म बनाउन लागेकी हुन्। सेतोपाटीको सहयोगमा 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia