pannakaji

१२ माघ, काठमाडौं । पुराना गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ । उनको तिरिरी मुरली बज्यो वनैमा गीत निकै चर्चित छ । शरदकुमार शाक्यको शब्द रहेको गीतमा पन्नाकाजी आफैंले संगीत र स्वर दिएका थिए । 

वि. सं. १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका पन्नाकाजी २००७ सालमै रेडियो नेपालमा प्रवेश गरेका थिए । साहित्यकार तथा नाटक निर्देशक बालकृष्ण समको विशेष सिफारिसमा रेडियो नेपालका निर्देशक तारणीप्रसाद कोइरालाले उनलाई गायकको रुपमा जागिर दिएका थिए । २००८ सालदेखि रेडियोमा स्थायी नियुक्ति पाएका उनले ०४० सालसम्म त्यहाँ काम गरे ।

रेडियो नेपालले ०२२ सालमा आयोजना गरेको आधुनिक गीत प्रतियोगीतामा नारायणगोपाल संगीतमा प्रथम भएका थिए भने पन्नाकाजी गायनतर्फ प्रथम भएका थिए । उनले किनकिन तिम्रो तस्बिरलोलाएका ती तिम्रा आँखाको पुरानो मेलोडी, नौलाखे तारा, एकानी दुवानी, रात यो नबित्ला, लालीगुराँस फुल्यो है लगायत सिर्जना दिएका छन् । आधुनिक, भजन, स्वदेशगान, लोकगीत नेपाल भाषाका गरी उनका करिब चार सय गीत रेकर्ड भएका छन् । 

पन्नाकाजीका चार छोरा र एक छोरी छन् । दुई पुत्र प्रवेशमान शाक्य र पवित्रमान शाक्य गायन क्षेत्रमै क्रियाशील छन् । उनको बुधबारै टेकु दोभानमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । अनलाइनखबरको सहयोगमा 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia