एजेन्सी। बलिउड तथा दक्षिण भारतिय फिल्मकी अभिनेत्री पारूल यादव कुकुरहरूको आक्रमणमा परेकी छन्। उनलाई ६ वटा भुस्याहा कुकुरले एकै पटक डरलाग्दो आक्रमण गरेका थिए। सो घटना सिसिटिभीमा कैद भएको छ। उनलाई मुम्बई स्थित आफ्नै घर वरीपरी आफ्नो पाल्तु कुकुरसँग घुमिरहेको अवस्थामा भूस्याहा कुकुरहरूले आक्रमण गरेका थिए। कुकुरहरूले ३४ वर्षे पारूललाई आक्रमण गर्दै भूईंमा लडाएका थिए। आक्रमणका कारण उनको खुट्टा, अनुहार, टाउको तथा घाँटी आदिमा चोट लागेको छ।
कुकुरहरूको आक्रमणमा परेको केही सेकेन्डमै त्यहाँ रहेका मानिसहरूले कुकुरहरूलाई भगाउँदै उनको उद्धार गरेका थिए। उनी केही सेकेन्ड कुकुरहरूको आक्रमणमा परिन्। मोडलका रूपमा ग्ल्यामरको दुनियाँमा प्रवेश गरेकी पारूलले सन् २००४ मा तमिल फिल्मबाट सिने उद्योगमा डेब्यू गरेकी थिइन्। त्यस्तै ‘किलिङ विरप्पन’ फिल्मबाट उनले बलिउडमा डेब्यू गरेकी हुन्।
उनको हात ३ इन्च गहिरो चोट लागेको छ। सो घाउको कोकिलाबेन अस्पतालमा सर्जरी गरिएको थियो। पारूल हाल कंगना रनावत अभिनित ‘क्वीन’को रिमेकको तयारीमा रहेकी थिइन्। एजेन्सीको सहयोगमा








