२५ माध, रोशन पोखरेल विराटनगर । नेपाली गीत संगीतको बजारमा माया प्रितिका भाव समाबेस भएको गित संगितमा वियोगान्त भावका गितका कारण नेपाली संगितिक आकाशमा सुप्रशिद्ध गायक प्रमोद खरेलले हालैमात्र विछोडमा परेका प्रेमी प्रेमीकाको भावनालाई समेटदै नरोउ भन्नेले सार्वजनिक गरेका छन ।
सो गितको शब्द रचना कविता दाहाल ले गरेकि छिन भने सो गीतको म्युजिक भिडियो पनि निर्माण भैसकेको छ । म्युजिक एरेन्ज भने राजकुमारले गरेको निमार्ण पक्षले जनाएको छ । यस गीतको म्युजिक भिडियोमा नव कलाकारहरु दिपिका ,धमेन्द्र्र र उमेशको अभिनय ज्यादै राम्रो रहेको छ ।
भिडियोलाई हाल का निकै व्यस्त तथा कुशल निर्देशन काजिस श्रेष्ठले गरेका छन । सो म्युजिक भिडियोलाई विभिन्न सुन्दर स्थानका दृश्यलाई क्यामारामा कैद गर्ने कार्य मुकेश हुमागाईले गरेका छन । उक्त शुन्दर गितमा सम्पादन सुजन शाहिले गरेका छन् । दिन प्रतिदिन युटुवमा सो गित युवा पुस्तमा ज्यादै लोकप्रिय बन्दै गएको छ ।









