Media Hub Pvt. Ltd को प्रस्तुतीमा बजारमा आएको यस म्यूजिक भिडियोमा स्वर सिताराम परियार (सरगम) र सिता बि.क को रहेको छ भने लय र शब्द सिताराम परियारकै रहेको छ र उक्त गितको भिडियो रेडियो बिहानीका पत्रकार धर्मेन्द्र श्रेष्ठले निर्देशन गर्नु भएको छ ।
गीतमा सिताराम, धर्मेन्द्र, रबि, सम्झना, कभी, सरु, ऋतु, गौरब, हरि लगाएत अन्य कलाकारको अभिनय देख्न सकिन्छ । त्यसैगरी उक्त गितमा प्रवेश पोखरेलले छायांकन गर्नु भएको हो भने सुरेश दर्पण श्रेष्ठले गितको भिडियो सम्पादन गर्नु भएको छ ।









