काठमाण्डौं । दक्षिण भारतिय फिल्म ‘बाहुबली’ले रिलिज पश्चात आफूलाई विश्वव्यापीरूपमा परिचित गरायो। उसको यो परिचय सम्भवत: कुनै पनि क्षेत्रिय फिल्मका हिसाबले पहिलो हो। एसएस राजामौली निर्देशित फिल्मको दोस्रो तथा अन्तिम श्रृंखला रिलिजको क्रममा रहेको छ. फिल्मलाई अप्रिल २४ मा लन्डनमा प्रिमियर गरिदैं छ।

भारत स्वतन्त्रत भएको ७० वर्ष पुगेको सन्दर्भमा ब्रिटिस फिल्म इन्सिट्यूटले लन्डनमा थुप्रै फिल्म देखाउँदैछ जसमा ‘बाहुबली २ ‘ मुख्य आकर्षण हुनेछ। इन्डिया टुडेका अनुसार सो समारोहमा बाहुबली २ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा बेलायतीका महारानी एलिजावेथ दितियले हेर्ने चर्चा रहेको समाचार लेखेको छ।

चर्चा गरिएजस्तै भए बाहुबलीका लागि त्यो अभूतपुर्व अवसर हुने जनाइएको छ। सिनेमाहलमा भने फिल्म अप्रिल २४ मा रिलिज हुनेछ।कीर्तिमानी कमाइ गरेको फिल्ममा प्रभास, राना दग्गुबत्ती, अनुष्का शेट्टी, तमन्ना भाटिया आदिको मुख्य भूमिका रहेको छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia