१४ वैशाख । सुपरहिट चलचित्र बाहुबलीको दोस्रो संस्करण शुक्रबार रिलिज हुँदैछ । यस चलचित्रको प्रि बुकिङ भने शुरु भइसकेको छ ।

चलचित्र हेर्नका लागि अहिलेदेखि नै लाइन शुरु भइसकेको छ । हैदराबादमा चलचित्रका फ्यानहरु उज्यालो नहुँदै सिनेमा हल अगाडि लाइन लागिरहेका छन् ।

शुक्रबार विश्वरभर ९ हजार स्क्रिनमा रिलिज गर्न लागिएको यो चलचित्र भारतीय चलचित्र मध्ये सबैभन्दा ठूलो रिलिज हो । भारतमा मात्र ६५ सय स्क्रिनमा यो हिन्दी, तेलेगु तामिल र मल्यालम भाषामा रिलिज हुनेछ ।

चलचित्र समिक्षकहरुले चलचित्रले अहिलेसम्मकै किर्तिमान ओपनिङ गर्ने अनुमान गरिरहेका छन् भने चलचित्रले पहिलो १ हजार करोड भारुको कमाई गर्ने भनिरहेका छन् । आइम्याक्स फम्र्याटमा रिलिज हुने यो तेस्रो बलिउड चलचित्र हो । अमेरिकामा मात्र रिलिज अघि प्रिबुकिङमा चलचित्रले २० लाख डलर कमाइसकेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia