२८ असार, काठमाडौ । संजय दत्त र श्रीदेवी २५ वर्षपछि सँगै देखिने भएका छन् । निर्देशक अभिषेक वर्मनले आफ्नो नयाँ फिल्मका लागि उनीहरुलाई छानेका छन् । यी दुई पछिल्लो पटक १९९३ को थ्रिलर गुमराहमा एकसाथ देखिएका थिए । हाल निर्देशक देखि कलाकारहरुले यस विषयमा कुनै पनि जानकारी दिएका छैनन् ।
संजय दत्त र श्रदेवीसँगै वरुण धवन, आलिया भट्ट र सोनाक्षी सिन्हा पनि फिल्ममा हुने चर्चा छ । वरुण आलियाको जोडीलाई अहिले सुपरहिट मानिन्छ भने सोनाक्षी र वरुणले पहिलो पटक स्क्रिन शेयर गर्नेछन् । अहिले निर्देशक अभिषेक वर्मन स्क्रिप्टमा काम गरिरहेको स्रोतले जनाएको छ ।









