११ श्रावण, सुवास संकल्प ईटहरी। नेपालि लोक बजारमा पछिल्लो समय स्तरीय भिडियो सार्बजनिक हुने क्रम बडिरहेको छ, बढ्दो बजेट संगै त्यहि अनुरुपको भिडियो निर्माणले लोक पारखीहरुलाई पनि झनै आकर्षित गरिरहेको छ l
गीत तथा भिडियो निर्माणमा परिचित प्रियशी म्युजिक प्रालि ले यस्तै किसिमको भिडियो भर्खरै सार्बजनिक गरेको छ l चर्चित गायक गायिका कुलेन्द्र बिक र मुना थापा मगरको सुमधुर आवाजमा “मेरो माया भो भारि” बोलको गीतको भिडियो सार्बजनिक गरिएको हो l भावनात्मक शैलीको गीतलाई केदार पुन मगर र टुकमान पुन मगरले लेखेका हुन् l गीतमा संगीता पनि टुकमान पुन मगरले नै भरेका छ l
बबिता श्रेष्ठ र राजेन्द्र पुरीको बजार व्यवस्थापनमा सार्बजनिक सो गीतको भिडियोलाई पनि निकै मार्मिक शैलीमा निर्माण गरिएको छ l पछिल्लो समय महिला निर्देशनमा सक्रिय यस गीतका व्यवस्थापक समेत रहेकी बबिता श्रेष्ठले उक्त भिडियोलाई निर्देशन गरेकी छिन l यो गीतको भिडियोमा हाल म्युजिक भिडियोमा ब्यस्त मोडल आशा खड्कालाई राम काजीले अभिनयमा साथ् दिएका छन् l मुकेश हुमागाईं को छायांकन रहेको भिडियोलाई अविनाश डिशिले सम्पादन गरेका छन् l
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नु होला :









